गाईको बाछो काटेर खाएको आरोपमा ३ जना पक्राउ
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाईको बाछो काटेर खाएको आरोपमा ३ जना पक्राउ परेका छन् । नेपालमा गाई र बाछो मार्नु अपराध मानिने गरेको प्रहरीका अनुसार सोही आधारमा इँटाभट्टामा काम गर्ने तीनजना बाछा मारेर खाएको आरोपमा पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनीहरुलाई शुक्रबार साँझ पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।