Breaking

Post Top Ad

ताप्लेजुङमा वर्षासँगै आएको बाढीले चार वटा पुल बगाएको छ



ताप्लेजुङमा गएराति वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा पुल बगाएको छ । बाढीले चार वटा पुल बगाएको हो । 

ताप्लेजुङमा धेरैजसो क्षेत्रमा हिजो रातभर वर्षा भएको थियो । पुल बगाएपछि तमोर करिडोरअन्तर्गतको सदरमुकाम फुङलिङबाट तापेथोक-लेलेप जोड्ने सडक बन्द भएको छ । बाढीले फक्ताङलुङ गाउँपालिकामा पर्ने सिसवा खोला, तावा खोला र सिस्ने खोलामा रहेका पुल बगाएको स्थानीय सुसन लिम्बूले जानकारी दिएका छन् । 


तावा खोलामा रहेको बेलिब्रिज र काठबाट निर्मित मोटरेबल पुल बाढीले बाढीले बगाएको हो । बाढीले पुल बगाएपछि फक्ताङलुङ गाउँपालिकाको केन्द्र रहेको तापेथोकसहितका क्षेत्रमा सडक बन्द भएको छ । सिसावा खोलामा आज बिहान आएको बाढीले तमोर नदी केहीबेर थुनिएको थियो ।


 अहिले नदीको पानी निकास भइरहेको छ । पानी थुनिएपछि तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए ।

Post Top Ad